प्रदेश २ मा शिक्षा विकास निर्देशनालयको स्थापना

live@khabar

प्रदेश २ मा शिक्षा बिकास निर्देशनालयको स्थापना गरिएको छ । नेपाल सरकार र प्रदेश सरकारको निर्णयबाट प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालय स्थापना गरिएको हो ।

शुक्रबार एक समारोह बिच शिक्षा बिकास निर्देशनालय प्रदेश २ को कार्यालय विधिवत सञ्चालनको लागि उदघाटन समेत गरिएको छ । प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले कार्यालयको उदघाटन गर्नुभएको हो ।

निर्देशक रमाकान्त शर्माको अध्यक्षतामा भएको थियो उक्त समारोहमा सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, सामाजिक विकास सचिव देवीराम भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz