भारतको गणतन्त्र दिवसमा नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह प्रमुख अतिथिको सूचीमा

live@khabar

gyanendra shahको लागि तस्बिर परिणाम

काठमाडौंः नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह भारतको ७०औं गणतन्त्र दिवसको सम्भावित प्रमुख अतिथिको सूचीमा परेको एक भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ।

जनवरी २६ मा मनाइने भारतको गणतन्त्र दिवसको प्रमुख अथितिका रुपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नआउने भएपछि भारतमा गणतन्त्र दिवसको सम्भावित अर्को प्रमुख अतिथिको चर्चा चल्न थालेको छ। यो चर्चामा नेपालका पूर्वराजा ज्ञानेन्द्रसँगै रसियन राष्ट्रपति भ्यादिमिर पुटिन, माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति इब्राहिम महमद सलही र भियतनामका सरकार प्रमुख पनि रहेको भन्दै नेपाल लाइभले लेखेको छ ।

गत अगस्टमा नै अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रमुख अतिथिको रुपमा भारतले निमन्त्रणा पठाएको थियो। तर अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसले ट्रम्पको भारत भ्रमणको सम्भावना नरहेको बताएको छ।

जनवरीको गणतन्त्र दिवससँगै आगामी अप्रिलमा भारतमा लोकसभाको निर्वाचन छ। सम्भावित प्रमुख अतिथिलाई रणनीतिक हिसाबमा भारतले प्रयोग गर्ने सम्भावनालाई नकार्न सकिँदैन। तर प्रश्न आउँछ, दोस्रो विकल्पका रुपमा भारतको गणतन्त्र दिवसको प्रमुख अतिथि बन्न कसले स्वीकार्लारु

हालैका दिनमा श्रीलंकामा देखिएको राजनीतिक अस्थिरतासँग चीनको नाम जोडिएको छ। आफू अनुकूलका सरकार बनाउन चीनले विक्रमासिंघेका ठाउँमा महिन्दा राजपाक्षेलाई प्रधानमन्त्री बनाएर राजनीतिक हस्तक्षेप गरेको एकथरी भारतीयहरुको आरोप छ। यस्तो अवस्थामा भारतले पनि चीनको छिमेकी भियतनामका सरकार प्रमुखलाई गणतन्त्र दिवसको प्रमुख अतिथि बनाएर चीनलाई जवाफ दिनुपर्ने उनीहरुको तर्क छ।

 

यस्तै, पूर्वराजा ज्ञानेन्द्रलाई गत जनवरीमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उत्तर प्रदेश भ्रमण गराएका थिए। उक्त अवसरमा भारतीय विशिष्ट मानिसहरुले समेत प्रवेश नपाउने मन्दिरमा ज्ञानेन्द्रलाई नेपालको राजाकै हैसियतमा पूजापाठको व्यवस्था मिलाइएको थियो।

करिब ८० प्रतिशत हिन्दु जनसंख्या रहेको भारतमा आगामी निर्वाचन प्रभावित पार्न पनि मोदी सरकारले नेपालका पूर्वराजा ज्ञानेन्द्रलाई ७०औं गणतन्त्र दिवसको प्रमुख अथितिको निमन्त्रणा पठाए भने त्यसमा आश्चर्य नमाने हुन्छ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz