गौशाला नपाको मुलनारा पाँच ‘स’ – शिक्षा, स्वास्थ्य, सडक, सिंचाई र सुशासन : मेयर महतो (अन्तरवार्ता)

Sujata Shrestha

महोत्तरी/असोज गौशाला नगरपालिकाका नगर प्रमुख (मेयर) शिवनाथ महतो सानैदेखि क्रान्तिकारी शैलीका व्यक्तिको रुपमा पहिचान बनाएका छन् । तत्कालिन माओवादीले अन्यायका विरुद्ध सुरु गरेको १२ वर्षे जनयुद्धकालमा सेनाको बन्दुकको नालबाट फड्केको गोलीले तीन पटक मृत्युको मुखबाट फर्केर बाँचेको पात्र हुन् उनी ।

स्थानीय तहको निर्वाचन अघि समेत अन्याय, अत्याचारको विरुद्धमा निरन्तर समुदायमा रहेर काम गर्दै आइरहेकोमा गौशाला नगरपालिकाको मेयर बनेपछि आफ्नो अभिभारा अझ फराकिलो भएको बताउँछन् । निर्वाचन पश्चात् पदभार तथा सपथ लिदैं मेयर शिवनाथले गौशालालाई भ्रष्टाचारमुक्त नगर बनाउने उदघोष गरे अुनरुप आफु अघि बढीरहेको दावी गर्छन् । उनले सपथ लिदै भनेका थिए, ‘स्थानीय निकाय बिना कर्मचारीको लुटतन्त्र बढेको र स्थानीय तहलाई मागी खाने भाँडो बनाएकोले भाँडो नै फुटाउँछौं । भाँडो फुटेपछि आपसे आप विकासको गति बढ्छ ।’ ’राम नामका लुट हैं । जित्ना लुट सकें, लुट ले, भन्ने खाउपचाउ प्रवृत्तिले गाउँमा सरकारले पठाएको रकम पनि सदुपयोग नभएको गुनासो गरेका मेयर महतोले जनताले आफुलाई विश्वास गरेर भोट दिएकोले जनताको विश्वास कायम राख्दैं गौशालालाई पाँच बर्ष भित्रमा पाँच ‘स’ का साथ काम गर्ने प्रतिबद्धता जनाए अनुरुप अघि विकासमा प्रयत्नशिल रहेको उनको कथन छ ।

शिक्षा, स्वास्थ्य, सडक, सिचाई र सुशासनमा गुणस्तरीयता कायम गरेर गौशाला नगरपालिकालाई पाँच बर्षमा नमुना बनाउने मेयर महतोको प्रतिबद्धा अनुरुप अघि बढेको छ । ’शिक्षाको विकास भए जनताले कसैको गुलामी गर्नु नपर्ने र चेतनाले नगरमा विकासको लहर ल्याउने मूल मन्त्र सहित उनी नगर विकासका अहोरात्र खटिएका छन् । ‘किसान देशको गहना हो ।

यसको गम्भिरतालाई बुझेर म काम गर्छु । किसानलाई उत्पादन बढाउन उत्साहित बनाउने कार्यक्रम ल्याउँछु ।’ गौशालाका सरकारी हस्पिटललाई व्यवस्थित बनाउने देखी लिएर रिङ्गरोड बनाउने सम्मको प्रतिबद्धता तथा समग्र गौशालाको बिकासमा केन्द्रित रही टुडेपाटीसंग गरिएको कुराकानीको सम्पादित अंश :– स्थानिय सरकार सञ्चालनका निम्ति संघीय, प्रदेश र स्थानीय सरकार देखिएका नीतिगत समस्याहरु के–के हुन ? –यो तीन तहको संघीयताको नयाँ प्रारुप भएको हो । यो एउटा नयाँ अभ्यासको अवस्था भएकोले तिनै तहको कानून एक अर्कोमा बाझिएको स्थितिमा अप्ठयारो भइरहेको छ । केन्द्रबाट धेरै विषयहरुको छनोट भईसकेको छैन । हुदैछ, जस्तो कि स्थानीय तहको संविधानमा २२ वटा कार्यालय स्थानीय तहमा हुने भनिएको छ, तर अहिले सम्म नयाँ कार्यालयहरु थप भएको छैन ।

कर्मचारी जति बेला निर्वाचित भएर आएका थियौं, सोही अवस्थामा छ, अनि सिमिति श्रोत र साधनबाट नगरपालिका चलाउनुपरेको अवस्था छ, तर जनताको अपेक्षा ह्वातै बढेकोले काम गर्न समस्या छ । प्रायः कर सम्बन्धमा प्रदेश र केन्द्रिय सरकार बीच टकरावको अवस्थामा स्थानीय सरकारले पाएको अधिकारलाई प्रयोग गर्दै काम अघि बढीरहेका छौं । स्थानीय सरकार सञ्चालन ऐनले जसरी वनजङ्गल, खोला, नाला आफ्नो क्षेत्राधिकार भित्र आईसकेको भनिए पनि प्रदेश सरकारलाई समेत सोही अनुरुप अधिकार दिईएकोले कसले ? र कसरी प्रयोग गर्ने भन्ने कुराको विवाद छ । हामी चाँही हाम्रो सबै अधिकारको प्रयोग गरेर अघि बढ्न चाहन्छौं, तर अर्कोतर्फ कानूनले रोक्छ, कहाँ कतिसम्मको आफ्नो काम, कर्तव्य र कति अधिकार प्रयोग गर्ने नगर्ने अन्योलता भएकोले स्थानीय तह सञ्चालमा समस्या भईरहेको छ ।

यो गौशाला नगरपालिकाको सम्पुर्ण वडाहरुलाई छुनेगरी रिङ्गरोडको परिकल्पना अनुसार डिपिआर तयार भईसकेको छ । अबको २ वर्षभित्र काम सम्पन्न गर्ने गरी दु्रत गतिमा काम अगाडी बढाउँछौं । रिङ्गरोडमा ठुलो बजेटको आवश्यकता भएकोले संघीय र प्रदेश सरकारलाई रिङ्गरोडमा सहयोग गर्न आग्रह समेत गरेका छौं । गौशाला नगरपालिका भित्र फोहर व्यवस्थापन नभएको भनी पटक–पटक समाजिक सञ्जाल देखि जनप्रतिनिधिले नै कुरा उठाउने गरेको छ, किन फोहोरको व्यवस्थापन भईरहेको छैन ? -हेर्नुस् यो फोहोरको समस्या अहिलेको होईन् । पहिले देखि नै जक्रिएका समस्या हो । जे होस् पहिले भन्दा हामी अहिले दैनिकी रुपमै सुधार गरिसकेका छौं । अहिले स्विपर, टिफर, ट्रयाक्टर लगायतको मदतले सरसफाईमा सुधार ल्याएका छौं । खासमा ढल निकास र नालाको मुख्य समस्या भएकोले त्यसको सामाधनका लागि डिपिआर तयार गरेर काम अगाडी बढाउने प्रक्रियामा छौं । तर पहिले भन्दा अहिले धेरै सुधार भएको छ ।

गौशाला बजार यस क्षेत्रकै ठेलो बजार हो, यहाँ बजार व्यवस्थित नै नभएकोले समस्या उत्पन्न भएको हो । जसरी तरकारी बजार कुन स्थानमा राख्ने, पशु बजार, काटमार बजार, माछा बजार कुन ठाउँमा राख्ने यस्ता प्राविधिक कुराहरुले समेत फोहर व्यवस्थापन नुहँदा समस्या भएको हो । तर बजारलाई व्यवस्थित बनाउन नगरपालिकाको समन्वयन समिति गठन भैसकेकोले यसको निराकरण हुने वित्तिकै फोहरको समस्या हल हुन्छ ।

आर्थिक वर्ष २०७४÷०७५ मा जनताले प्रत्यक्ष रुपमा लाभ उठाउन सकेको कामहरु के के हुन ? र अब यस वर्षको योजनाहरु के के छन ? मुख्यतः शिक्षा, स्वास्थ्य र सडकमा हामीले जनतालाई प्रत्यक्ष लाभ उठाउने खालका कामहरु ग¥यौ । शिक्षा :– जसरी ८–९ महिना पूर्व प्रावि स्तरमा शिक्षक भेट्ने तर विद्यार्थी नभेट्ने समस्या थियो । तर अहिले भर्ना अभियान पश्चात् कक्षाकोठामा हामी विद्यार्थीको उपस्थिति राम्रो पायौं । विद्यार्थीलाई स्कुलतर्फ आकर्षित गर्न अभिभावक भेटघाट तथा शैक्षिक सामग्री प्रदान ग¥यौ । साथै यही असोज देखि कार्तिक सम्म विद्यालयमा दिवाखाजाको व्यवस्था मिलाउँछौं ।

विशेषतः दलित समुदायको बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन विशेष पहल गर्दैछौं । साथै ईट्टा भट्टा, होटेल जस्ता ठाउँमा पहिलो पटक अनुरोध गर्ने र पछि कारवाहीको दायरामा ल्याउने योजना समेत नगरपालिकाले बनाएको छ । नगरपालिकाभित्र ३२ वटा सामुदायिक विद्यालय मध्ये ४ वटालाई साक्षर वडा समेत घोषणा तयारी गर्दैछौं । २० भन्दा भन्दा मुनिका

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz