सखरले बचाउँछ फोक्सोेको संक्रमणबाट

Sujata Shrestha

सखर (गुड) उखुको रसबाट बनाईन्छ । प्रायः नेपालीको भान्सामा सखर छुट्दैन । भान्सामा यसलाई चिनीको विकल्पका रुपमा पनि प्रयोग गरिन्छ । खानपानमा बाहेक सखरको प्रयोग आयुर्वेद उपचारमा पनि हुने गर्छ । सखरको नियमित सेवनले शरीरमा रगतको कमी हुनबाट बचाउनुको साथै एन्टीबायोटिकको पनि काम गर्छ । सखरमा सेलेनियम भन्ने तत्व हुन्छ । यसले एन्टीअक्सिडेन्टको काम गर्छ जसका कारण घाँटी र फोक्सोेमा संक्रमण हुँदैन । साथै घाँटी र फोक्सोलाई स्वस्थ राख्नमा पनि मद्दत गर्छ । सखरलाई दूधमा मिसाएर खानु राम्रो हुन्छ ।

रुघाखोकी सर्दीमा रामबाण: सखर र तिलको बर्फी खानाले जाडोमा रुघाखोकी र सर्दीमा राहत मिल्छ । बर्फी खानाले शरीर न्यानो रहिरहन्छ ।

दम हुनबाट जोगाउँछ: मूलालाई कोरेर सखर र कागतीको रस मिसाएर २० मिनटसम्म पकाउने र त्यसपछि सो मिश्रणलाई दैनिक एक चम्मा खानेले दमका बिरामीलाई राहत मिल्छ ।

कफबाट मुक्ति जाडो मौसममा प्राय:   धेरै मानिस विभिन्न स्वास्थ्य सम्बन्धी समस्याबाट पीडित बन्छन् । यस्ता समस्याबाट छुट्कारा पाउन सखर राखेको चिया पिउनु लाभदायक हुन्छ । जाडोको बेला सखर, अदुवा र तुलसीको पात राखि काढापानी पिउनाले कफको समस्या तुरुन्तै समाधान हुन्छ ।

नाकको एलर्जीमा फाइदाजनक: नाकमा एलर्जी भएका व्यक्तिलाई सखरको सेवनले फाइदा गर्छ । यस्ता व्यक्तिले हरेक बिहान खाली पेट एक चम्चा गिलोयको रस र २ चम्चा अमलाको रसमा मिसाएर सखर खानु उत्तम हुन्छ । यस्तो गर्नाले नाकको एलर्जी ठिक कहुन्छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz