२५ मेगावट बिजुली फेरि थपिदैं, वीरगन्ज पनि लोडसेडिङ मुक्त हुने

liveekhabar

काठमाडौं, १६ माघ । केन्द्रीय प्रशारण लाइनमा बुधबारदेखि २५ मेगावाट बिजुली थपिने भएको छ ।
ढल्केबर मुज्जफपुर अन्तरदेशीय प्रशारण लाइनको पूर्ण क्षमता प्रयोग गर्दा प्राविधिक समस्या आउने भएकाले नेपाल विद्युत् प्राधिकरणले भारतबाट सम्झौताभन्दा कम २५ मेगवाट बिजुली ल्याउन लागेको खबर आजको नागरिकमा छ ।

यसअघि विद्युत् प्राधिकरण र भारतको नोडल एजेन्सी एनभिभिएन विद्युत् व्यापार कम्पनी लिमिटेडबीच अन्तरदेशीय प्रशारण लाइनबाट थप ८० मेगावाट बिजुली खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो ।

पुस १७ देखि ४० मेगावाट र माघ १९ गतेदेखि ४० मेगावाट गरी ८० मेगावाट बिजुली ल्याउन सम्झौता भएको थियो ।

तर वुधबारदेखि २५ मेगावाट मात्र बिजुली थप हुने प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बताएक ।

भारतबाट तीन सय ५५ मेगावाट बिजुली आयात भएकोमा बुधबारबाट २५ मेगावाट थपिएर तीन सय ८० मेगावाट पुग्ने छ । गत बर्ष तीन सय ४७ मेगावाटसम्म बिजुली आयात भएको थियो ।
नदीको पनी घटेर बिजुली उत्पादनमा केहि कमि आएपनि पछिल्लो समयमा माग नबढेकाले लोडेडिङव्यवस्थाप हुनेमा प्राधिकरण ढुक्क छ ।

वीरगन्ज पनि लोडसेडिङ मुक्त हुने

राजधानी जोड्ने खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइन पनि सञ्चालनमा आएको छ । प्रसारण लाइन सञ्चालनमा आएपछि तराईका वीरगन्जलगायत अन्य सहरमा देखिएको भोल्टेज समस्या समाधान भएको छ । यसबाट काठमाडौं र पोखरापछि विरगन्ज पनि लोडसेडिङ मुक्त हुनेछ । विरगन्जमा विशेषतः लो भोल्टेज समस्या थियो । ऊर्जामन्त्री जनार्दन शर्माले २० दिनपछि वीरगञ्ज लोडसेडिङमुक्त हुने बताएका छन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz