महोत्तरीमा नवाज पढन विवाद हुँदा दुई पक्षबिच झडप १३ जना घाइते

live@khabar

राजेश सिंह गौशाला/ भदौ ६ गते ।

महोत्तरीको लोहरपट्टिमा नवाज पढ्नका कारण विवाद हुँदा दुई पक्षबिच झडप १३ जना घाइते भएका छन् ।

लोहरपट्टि नगरपालिका ३ महदैया तपनपुरमा नवाज पहिला हामीलाई पढाई दिनु त पहिला हामीलाई पढाई भन्ने क्रममा विवाद भएको थियोे ।

बुधवार बिहान करिब ८:३० बजे राजापा र कांग्रेस दुई पक्षबिच नवाज पढ्ने क्रममा माैलविलाई पहिला हाम्राे पक्षलाई नवाज पढाउनुपर्ने भनेपछि एक र अर्को पक्षसँग झडप भएको स्थानीयहरुले बताएका छन् ।

हरेक वर्ष बकरईदकाे नवाज पढाउन भारतबाट माैलवि अाउने गरेका छन । यस वर्ष एकजना मात्र माैलवि अाएकाे र कांग्रेस पक्षकाे नवाज पढाउन लाग्दा राजापा पक्षधरहरुले अाएर पहिला हामीलाई नवाज पढाउनु पर्छ ।

भनेपछि झडप सुरु भएकाे घटना स्थलका प्रत्यक्षदर्शीले बताएका छन । घाइते हुनेहरुमा काँग्रेस पक्षका अहमद राईन, सलामत राईन, अफताब राईन र हसिन राईन लगाएत जम्मा १३ जना घाइते भएका छन जस्मध्ये ८ जना पुरुष, ४ जना महिला र एक ८ वर्षिय बालिका रहेका छन ।

घाइतेहरुलाई जनकपुरकाे अंचल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उत्त स्थानमा एक पुरानो र एक नयाँ गरि दुई ईदगाह रहेका छन । झडपको खबर पाए लगत्तै लाेहरपट्टी, रामगोपालपुर र जिल्ला प्रहरी कार्यालयका टोली सहित घटना स्थल पुगेका थियोे ।

यता झडप नियन्त्रण गर्न प्रहरीले २ राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय महाेत्तरीले जनाएको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz