महोत्तरी को जलेश्वर जिल्ला अस्पताल को अवस्था दिन प्रती दिन खत्म हुँदै!

live@khabar

बाबु प्रेम यदुवन्शी

महोत्तरी,भाद्र ३ ।

सुन्दा र हेर्दा जिल्ला अस्पताल जलेशवर को अवस्था अनौठो लाग्नसक छ! तर वास्तविकता भने यहि हो । हामी रोगी हुँदा निको हुन अस्पताल पुग्छौ तर सोहि अस्पतालले हामीलाई निरोगी बनाउनुको साटो उल्टै थप रोगी माथि रोग बनाईदिँदा हाम्रो अवस्था के होला ? अहिले यस्तै हुने गरेका छन जलेश्वर अस्पतालमा । रोग निको पार्ने स्थल जलेश्वर जिल्ला अस्पताल अहिले रोग सार्ने थलोको रुपमा परिणत भएकोे छ ।

अस्पताल भित्रै रहेको शौचालयमा बाहिरैसम्म शौचलय भरिभराउ हुँदा सोबाट फैल्ने दुर्गन्ध र रोगका जिवाणु तथा भाईरस अस्पतालभरि फैलिई स्वस्थ्य मानिसहरु समेत रोगी हुन थालेका छन् ।

त्यस्तै गरि अस्पताल को भित्र कुकुर,गाई,घोडा समेत चराउन को लागि छोडेका हुन्छ्न र पोस्ट माडम कक्ष जाने बाटो को अवस्था यतो रहेका छ्न !

हप्तौं र महिनैसम्म कुडादानीमा रहेको फोहोरहरु नफालिनु, परिसर भित्रै विरामीहरुको उपचारको क्रममा ड्रेसिङ्गमा प्रयोग भैसकेको रगत र घाउको पिप सहितको रुई, गज, सिरिन्ज, प्लास्टर आदीहरु जथाभावी रुपमा फालिनुले समेत अस्पताल भित्र आउने सेवाग्राहीहरुलाई थप विरामी बनाउने गरेको जलेश्वर अस्पताल मा आएका सेवाग्राहीहरु को गुनासो छ ।

अस्पतालमा उपचार गराउन आएका विरामीहरुको स्वास्थ्यसँग अस्पतालका कर्मचारी, हाकिम तथा व्यवस्थापन समितिले खेलवार गरिरहेको उनीहरु को आरोप लगाउँछन् ।

केही महिना पहिले मात्रै सेवा सुविधा बढाउन पैसा अपुग भएको भन्दै अस्पताल व्यवस्थापन समितिले ल्याब, एक्स रे, ओपिडी टिकट र आकस्मिक सेवा शुल्कमा हदैसम्म बढोत्तरी गरेपनि सो रकम विरामीहरुको सेवा सुविधामा खर्च नभएको सेवाग्राहीहरु बताउँछन् ।

अंचल अस्पतालबाट जिल्ला अस्पतालमा झरेको यस अस्पतालमा आवश्यक जनशक्तिको अभाव रहेकाले समेत सरसफाई पर्याप्त हुन नसकेको र समय अभावका कारण निरीक्षण समेत बेला बेलामा हुन नसकेको जिल्ला स्वास्थ्य का कर्मचारीले गरेका छन । उनले आफू अस्पताल पूर्ण व्यवस्थित गर्न प्रयासरत भएको बताए पनि सेवाग्राहीहरुले जिल्ला स्वास्थ्य कार्यालय र अस्पताल व्यवस्थापन समिति पूर्ण गैरजिम्मेवार रहेको आरोप लगाउँछन् ।

करोडौका लागतमा निर्माण गरिएको अस्पतालको भवनमा जिम्मेवारी पाएका स्विपर तथा ईन्चार्जहरु गैरजिम्मेवार भैदिदा अस्पताल सुगती नभई दुर्गती तर्फ जादै गरेकोले समेत सरोकारवालाहरुको वेलैमा ध्यानजानु आवश्यक रहेको बुद्धिजिवीहरु बताउँछन् ।

साथै अस्पतालमा पुर्ण सरसफाई तथा अन्य व्यवस्थापनका लागि समेत राजनितिक दल, नागरिक समाज, युवा, बुद्धिजिवी, अस्पताल प्रसासन, जिल्ला स्वास्थ्य कार्यालय समेतको उतिनै योगदान आवश्यक रहेको बताउँछन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz