अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना सम्पुर्ण युवा साथीहरूमा ।।।

live@khabar

राजेश सिंह
गाैशाला/साउन २७

अन्य वर्षहरु जस्तै याे वर्षपनि अगस्त १२ काे दिन अन्तर्राष्ट्रिय युवा दिवसकाे उप्लकक्षमा विभिन्न कार्यक्रमकाे अायाेजना गरेर संसारभर मनाइदैछ । व्यत्ति, परिवार, समुदाय, राष्ट्र अनि विश्वकै विकासमा युवाहरुकाे भुमिका महत्त्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ ।

युवाकाे जनसंख्यालाई संसारका कुनैपनि देशले अा-अाफ्नै उमेरकाे पिधिमा राखेको छ तथापि युवा भनेको मानव जिवनमा अत्यधिक जोश , जागर अनि शक्ति भएको उमेर समूह पनि हो ।युवालाइ नेतृत्व गर्न मन लाग्ने वा जे पनि गर्न सक्छु जस्तो लाग्ने , उत्साह अनि शक्ति र सार्मथ्यले भरिपुर्न अवस्था हो ।

बैदेशिक रोजगार बाट विप्रेशन ‘रेमिटान्स’ को पैसाले सिमेन्ट का सग्ला घर, राम्रा लुगाफाट, मिठो खाने कुरा, महँगो LCD, महँगो LED र महँगो हात हातमा मोबाइलहरु देखिएता पनि यसरी सँधै लाहुरे नियतिले जीवन चल्छ त ? देशकाे विकास हुन्छ र ? साेच्नुपर्ने समय अाएकाे छ । अहिले नेपालकाे गाउँहरुमा पनि पहिला जस्तो युवाहरूकाे संख्या कहाँ देख्न पाइन्छ र हाम्रा देशका युवाहरु गएका दशकदेखि राेजगारी, अध्ययन तथा साम्भावना खोजीको सिलसिलामा बिदेश जाने क्रम झन बढेको छ ।

नेपालले आफ्ना युवा शक्तिलाई देशभित्रैका विभिन्न सम्भावना युक्त क्षेत्रहरुमा अझै अँटाउन सकेको छैन, हाम्रा युवाहरू मुख्यत : खाडि मुलुक, काेरिया, जपान जस्ता देशहरू पसिना बगाएरहँदा यता गाउँमा मलामिसम्मकाे जनशक्ति हम्मे हम्मे परेको समचार विभिन्न संचार माध्यमबाट अाएकै छन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz