+२ मा डी प्लस ल्याउनेले प्रमाणपत्र नपाउने

live@khabar

राष्ट्रिय परीक्षा बोर्डले कुनै बिषयमा डी प्लस वा सो भन्दा कम ग्रेड ल्याउने बिद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न नपाउने प्रस्ताब अघि बढाएको छ ।

स्रोतका अनुसार अब ११ र १२ मा कुनै पनि एक बिषयमा डी प्लस वा सो भन्दा कम ग्रेड ल्याउने बिद्यार्थीले ट्रान्सकृप्ट, प्रोभिजनल तथा माइग्रेसन प्रमाणपत्र पाउने छैनन् । यी प्रमाणपत्र नपाएपछी +२ शिक्षा पुरा गरेको मानिने छैन ।

यस सम्बन्धि बोर्डको आधिकारिक लिखित धारणा नआइसकेको भएपनि यहि प्रस्तावलाई नियमको रुपमा अघि बढाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।अब डी प्लस वा सो भन्दा कम ग्रेड प्राप्त गरेका बिद्यार्थीले ग्रेडबृद्दी परीक्षामा सामेल भई ग्रेड बढाएपछी मात्र प्रमाणपत्र पाइने छ ।

माथि उल्लेखित नियम हुबहु लागू भएको खण्डमा प्रत्यक्ष रुपमा धेरै बिद्यार्थी प्रभावित हुने देखिन्छ ।

Leave a Reply

1 Comment on "+२ मा डी प्लस ल्याउनेले प्रमाणपत्र नपाउने"

Notify of
avatar
Sort by:   newest | oldest | most voted
sweta
Guest

“Hi!
You could get HSEB result fast with Sparrow SMS.
Visit website: sparrowsms.com
For new updated: Follow the facebook page: Sparrow SMS

After the results are out TYPE NEB Symbol.No. and send it to 35001
But remember to send the SMS only after NEB publishes the results.”

wpDiscuz